सहीद सुरज विश्वासको अर्धकदको शालिक अनावरण सहितको पार्क उद्घाटन



भद्रपुर, बैशाख ६ । झापाको भद्रपुरमा सहीद सुरज विश्वासको अर्धकदको शालिक अनावरण सहितको पार्क उद्घाटन गरिएको छ । आज बैशाख ६ गते अर्थात सहिद सुरज विश्वास र राजन गिरीको १० औ स्मृति दिवसको अवसरमा सांसदद्धय रविन कोइराला र जितु गौतमले संयुक्त रुपमा सुरजको अर्धकदको शालिक अनावरण सहितको पार्क उदघाटन गरेका हुन् ।

सहीद सुरजको शालिकमा उनका पिता शान्ति विश्वास र मिनु विश्वासले पनि अविर लगाउनुका साथै माल्याअर्पण गरेका थिए । कार्यक्रममा बोल्दै सहिद पिता शान्ति विश्वासले देशको आन्तरिक समस्या समाधान गर्न ठूला तथा साना दलहरु एक ठाउमा नउभिएकाले नेपाली जनताले दुख पाइरहेको छ र देशको समस्याका कारण नाकाबन्दी साथै इन्धन हाहाकार, रोजगारी नपाउनु, विदेश पलायन हुनु जस्ता घटना बढेकोले यस तर्फ ध्यान दिन सबैदललाई सहिद पिता विश्वासले आग्रह पनि गरेका छन् । नेकपा एमाले विशेष इलाका नगर कमिटि भद्रपुरको आयोजनामा भएको कार्यक्रममा सांसद रविन कोइरालाले सहिदको बलिदान खेर नजाने बताउदै देशको समस्या तथा जारी भएको सविधान कार्यान्वयनका लागि सबै दल एकजुट भई छिटै दिने आर्थिक क्रान्ति तर्फ अग्रसर हुनेमा जोड दिए । त्यस्तै सांसद जितु गौतमले ०६२।६३ को आन्दोलन पश्चात मुलुकले राजनितिक स्थायित्व पाएको स्मरण गराउदै उनले भने– त्यस बेला सहिदले बगाएका रगतका कारण नै हाल मुलुकले नयाँ दिसामा प्रवेश गरेको उल्लेख गरे ।

पार्क निर्माण समितिका अध्यक्ष गोपाल मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, पेशागत महासंघका झापा अध्यक्ष रामप्रसाद दवाडी, एमालेका नगर अध्यक्ष विनोद पोखरेल, नेपाली काग्रेसका क्षेत्रीय सभापति, टीका प्याकुरेल लगायतले बोलेका थिए ।

भद्रपुर ६ मा नगरपालिकाले साढे ८ धुर जग्गा उपलब्ध गराएपछि पूर्व मन्त्री समेत रहेका सांसद जितु गौतमले सांसद कोषबाट २ लाख, शान्ति मन्त्रालयबाट ४ लाख ३० हजार र भद्रपुर नगरपालिकाबाट ११ हजार प्राप्त भएपछि गत ०७१ पुस १७ गतेदेखि निर्माण कार्य सुरु भएको समितिका कोषाध्यक्ष दीपक अग्रवालले जानकारी दिए ।
स्रोत: इपुर्वचल

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |