"तिमीलाई यति सम्झिएछु" बोलको आधुनिक गीत सार्वजनिक (भिडियोसहित)



गायिका मेलिना राई र गायक शीवकुमार चौधरीको युगल स्वरमा तिमीलाई यति सम्झिएछु आफैलाई पो विर्षें मैले वोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । यस गीतको शब्द प्रकाश सुबेदीले कोर्नु भएको छ भने संगीत चर्चित संगीतकार वसन्त सापकोटाले दिनु भएको छ ।

प्रेमी प्रेमिकाको एक अर्काप्रति समर्पणको भाव वोकेको उक्त गीतको भिडियोमा नम्रता सापकोटा र पुष्प खड्काको जीवन्त अभिनयले न्याय गरेका छन भने निर्देशक रमेश वावा नेपालले गर्नु भएको छ ।

यस्तै सम्पादक निशान घिमिरे र छायॉकार अजय रेग्मीले आफ्नो कुशल प्राविधिक कला देखाएका छन । प्रेममा अभिभावकहरु तगारो वन्नुहुदैन भन्ने, सन्देश भिडियो मार्फत दिन खोजिएको छ ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |