पुल पार्टीमा रमाए यूवा

डान्स पार्टीका पारखीहरुले इटहरीमा बेग्लै आनन्द लिने अवसर पाए। ओसियन पार्क एण्ड रिर्सोटको स्वीमिङ पुलमा साँझपख सुरु भएको ब्लू रिबान्ड जिन समर स्केप (पुल पार्टी) मा युवा जोडी ग्ल्यामरस पहिरनमा थरिथरि संगीतको तालमा स्वीमिङ गर्दै राति अबेरसम्म नाचेर रमाइलो गरे।

युनाईटेड स्पीरिट्स नेपाल प्राईभेट लिमिटेडको आयोजनामा भएको पार्टीमा भारतको मुम्मबइबाट आएकी महिला डिजे स्वानाको साथै काठमाण्डौको चर्चित डिजे पुनित, शिशिर लामाले नेपाली, हिन्दी एवं अंग्रेजी रिमिक्स बजाएर नचाएका थिए ।

जब डिजेहरुले स्वीमिङ पुलको किनारमा स्टेज बनाएर संगीत लगाए यूवाहरु वातावरणलाई थप तताए । संगीतको तालमा पौडिदै नाच्दा सहभागीहरुले गर्मीको कुनै पर्वाह नै गरेनन् ।

डिजेले बजाएको संगीतको तालमा यूवा स्वीमिङ्गमा डुबुल्की मार्दै नाचेका थिए । अन्य बेल एकै प्रकारका हिन्दी र अंग्रेजी गीत बज्ने डान्स पार्टीमा यो अलिक फरक स्वादको पार्टी भएको भन्दै युवायूवती रमाईलो मानी नाच्थे । नेपाली गीतमै पनि डिजेहरुले कुशलता प्रदर्शदन गरेपछि युवायुवती ननस्टप नाचीरहे।

विराटनगरमा रहेको जय मिडिया म्यानिजमेन्ट प्रा. लिले गरेको स्थानिय व्यवस्थापनमा दिउँसो तीन बजेदेखी चलेको कार्यक्रम राती १० बजेसम्म चलेको थियो । कार्यक्रमलाई थप रोचक बनाउन मिस नेपाल २०१६ की मिस ट्यालेन्ट सृजना रेग्मीले कार्यक्रम सञ्चालन गरेकी थिइन । जुनेलि विजनेश हाउस प्रा.लि.ले पुलपार्टी देशका मुख्य सहरमा गर्ने तयारी भएको हो ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |