फुटबलर विमल घर्ती मगरकी बहिनीको विभत्स हत्या
आमा र दाजु विमलसँग मनिषा
नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्तीकी बहिनी मनिषा घर्तीको हत्या भएको छ। बुधबार राति नवलपरासी बर्दघाट नगरपालिका ८ भानुनगर घरमा उनको हत्या भएको हो।
नेपाली कांग्रेसका स्थानीय नेता एवं छिमेकी शम्भुलाल श्रेष्ठले घटनाको प्रकृति हेर्दा बलात्कारसमेत भएको हुनसक्ने बताए। मनिषा गत राति घरमा एक्लै थिइन्। घटनास्थलमा प्रहरी पुगेको छ। शव यथावत अवस्थामै रहेको र प्रहरी टोलीले अनुसन्धान सुरू गरेको छिमेकी श्रेष्ठले नागरिकन्युजलाई बताए।
नवलपरासीका प्रहरी निरीक्षक श्यामकृष्ण केसीले हत्याको पुष्टि गर्दै मनिषाको शव कोठामा फेला परेको बताए। उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल परासीमा लगिएको उनले बताए। 'पोस्टमार्टमको रिपोर्ट आइसकेको छैन। हामीले सबै तवरबाट अनुसन्धान जारी राखेका छौं। यसबारे थप केही भन्न मिल्दैन,' प्रहरी निरीक्षक केसीले भने, 'हत्यामा संलग्न भएको आशंकामा एक जनालाई नियन्त्रणमा लिएर अन्सन्धान गरिररहेका छौं।'
दाजु विमलसँग मनिषा
एन्फाका कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठले पनि हत्याको पुष्टि गरेका छन्। उनलाई एन्फा नवलपरासीका अध्यक्ष प्रकाश पंगेनीले हत्याको खबर गरेका थिए। 'विमल घर्तीकी ममी बुधबार बुटवल गएको र घरमा एक्लै भएको बेला मनिषाको हत्या भएको खबर पाएँ,' प्रकाश पंगेनीको भनाई उद्धृत गर्दै श्रेष्ठले भने, 'प्रहरीले यसबारे अनुसन्धान भइरहेको बताए।'
घरमा आमा र मनिषा बस्दै आएका थिए । उक्त रात आमा घरमा नभएका कारण मनिषा एक्लै थिइन्। १७ वर्षीया मनिषा कक्षा ११ को परीक्षा दिएर बसेकी थिइन ।