उर्लाबारी युनाइटेड भेट्रान सेमिफाइनलमा

मोरङ | उर्लाबारी युनाईटेड भेट्रान फुटवल क्लव मोरङको राजघाटमा जारी पूर्वाञ्चल स्तरीय नकाउट भेट्रान फुटवल प्रतियोगिताको मंगलवार भएको खेलमा बिजयी बन्दै सेमिफाईलन खेलमा प्रवेश गरेको छ । चौधरी ढुवानी सेवा चाँदेवेला झुक्कालाई १—० गोलले पछि पार्दै युनाईटेड भेट्रान सेमिफाईनलमा प्रवेश गरेको हो । युनाइटेड भेट्रान उर्लाबारीका बिनोद लामाले दोस्रो हाफको इन्जुरी समयमा गरेको गोल नै निर्णायक गोल बन्यो । खेलको म्यान अफ द म्याच चौधरी ढुवानी सेवा चाँदवेलाका सगुन राई म्यान अफ द म्याच बने । बुधबारको खेल आयोजक राजघाट भेट्रान फुटवल क्लव र बिर्तामोड भेट्रान क्लव बिच आयोजक समितीका उपाध्यक्ष मानु थापाले जानकारी दिएका छन् ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |