मिस दमकको ताज रुजु ढकाललाई
गत शुक्रबार झापाको दमकमा सम्पन्न मिस दमक २०१६ को बिजेताह्रुलाई आउदो साउन ३ गते शुक्रबार पुरस्कार वितरण गरिने भएको छ ।
प्रतियोगिता आयोजक एडलिङ्क एडर्भटाइजीङ्ग एजेन्सीले आइतबार दमकमा गरेको पत्रकार भेटघाट कार्यक्रममा एजेन्सीका प्रबन्ध निर्देशक राजु कडँरियाले यस्तो जानकारी गराएका हुन ।
सो प्रतियोगितामा मिस दमकको ताज रुजु ढकालले पहीरिएको निर्देशक कडँरियाले जानकारी दिए । विभिन्न दश विद्यामा संचालन भएको सो प्रतियोगितामा फस्ट रनर अफ मेरिना विक भइन भने सेकेण्ड रनर अफ सोयाश्री वज्राचार्य छनौट भएकी थिइन ।
पहिलो चरणमा ५१ बाट १७ जनामा पर्न सफल फाइनल राउण्डका प्रत्यासीहरु मध्येबाट बेस्ट क्याट वाकमा सिम्रन गजमेर, वेष्ट आइ एण्ड मिस टयालेन्टमा सोयाश्री बज्राचार्य, वेष्ट स्क्रीनमा सृजना अधिकारी, बेष्ट हियर आशिका राई, पर्षनालिटीमा मौषम सुब्बा बनिन भने पब्लिक च्वाइसमा रक्षा सुब्बा, बेष्ट फ्रण्डसीप काजल क्षेत्री, बेष्ट फोटोमा करुणा तामाङ्ग छनौट भएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख, फस्ट रनर अफले ३५ हजार, सेकेण्ड रनर अफले ३० नगद प्राप्तगर्ने भएका छन । यसैगरि दश विद्याका दश विजेताले जनही नगद ५ हजार प्राप्तगर्ने पनि आयोजकले जनाएको छ ।



