अस्ट्रेलिया पुगेकी ज्योती मगर गुन्यु चोलीमा पनि सेक्सी



अहिलेकी चर्चित मोडेल तथा गायिका ज्योति मगर कार्यक्रमको शिलशिलामा यतिखेर अस्ट्रेलियामा छिन् । केहि दिन अघिमात्र अस्ट्रेलिया पुगेकी ज्योतीले अस्ट्रेलियाको डार्विनमा शुक्रबार भएको एक कार्यक्रम भन्दा फरक प्रस्तुती देखाइन् । अन्य कार्यक्रममा उनको त्यो कार्यक्रम फरक हुन पुग्यो किनकी उन स्टेजमा गुन्यु चोलीमा प्रवेश गरेकी थिइन् ।

गायिका ज्योती मगर भनिसकेपछि बोल्ड भनेर चिनिएकी उनी अस्ट्रेलियाको डार्विनको एक कार्यक्रममा यसरी गुन्यु चोलीमा सजिँदा दर्शकहरु निकै उत्साहित देखिन्थे । धेरैजसो कार्यक्रममा छोटा पहिरनमा आफ्नो प्रस्तुती दिने ज्योती मगरले गुनियो चोलीमा प्रस्तुती दिँदा केहि दर्शक अनौंठो मानेका थिए । हुनन ज्योतीले पहिलो पटक गुइयो चोलीमा प्रस्तुती दिएकी त होइनन तर उनका अधिकांश प्रस्तुती छोटा पहिरनमै हुने भएकाले पनि दर्शक माझ उनी हट गायिका तथा मोडल भनेर चिनिएकी छिन् ।

डार्विन को गर्मी मौसम, ज्योति मगरको हिजोको दमदार प्रस्तुति, दर्सकहरु को उत्साहजनक उपस्थिति र हुटिंग अनि उनको नेपाली संस्कृति झल्कने यो पहिरन देखेर साच्चिकै "सेक्सी ज्योति मगर" देखिएकी थिईन साथमा चर्चित लोक गायक मिलन लामा, गायक सन्तोष लामा र हास्य कलाकार राजा राजेन्द्रका प्रस्तुतिहरु पनि निकै उत्कृस्ट थिए ।

अस्ट्रेलियामा मे ६ देखी २२ तारिख सम्म हुने ६ वटा कार्यक्रमका लागी कलाकारहरु त्यहाँ पुगेका हुन् । कलाकारको टोली अर्को साता कार्यक्रम सकेर नेपाल फर्कनेछ ।




Next previous

तपाईंको प्रतिकृया दिनुहोस |