भाइबरले ल्यायो नेपालीको लागि नेपाली स्टिकर
सोसियल मिडिया भाइबरले नेपाली प्रयोगकर्ताहरुलाई लक्षित गरेर नेपाली भाषामै नयाँ नेपाली स्टिकरहरु ल्याएको छ ।
अहिले नेपालमा भाइबरका अनुसार नेपाली प्रयोगकर्ता ४५ लाख बढी छ र, उसले नेपाललाई प्राथमिक बजारमा राखेर लगानी गर्ने घोषणा समेत गरेको छ ।
भाइबरले अप्ठ्यारो, फ्रेन्डी र अंग गरी ३ वठा नयाँ स्टिकर प्याक ल्याएको छ र, नेपाली भाषामा नै रहेको यो निःशुल्क डाउनलोड गर्न सकिन्छ ।
भाइबरले ल्याएको स्टिकरहरु निकै रइमालो र यसले च्याटलाई रमाइलो बनाउनका साथै आफ्नो मुड स्टिकरमार्फत नै देखाउन सकिनेछ ।



