मृत्यु शैय्याबाट एक चेलीले लेखिन् प्रत्येक नेपालीको नाममा कारुणीक पत्र

विद्यार्थी भिसामा जापान पुगेकी एक नेपाली युवती त्यहाँको एक अस्पतालको शैय्यामा जिवनको अन्तिम सास लिइरहेकी छिन् ।

स्थायी घर ओखलढुंगा भएकी २३ वर्षीया भीमाकुमारी श्रेष्ठ नेरिमास्थित हिकारिगाओका अस्पतालमा मुटु रोगका कारण मृत्युसँग लडिरहेकी छिन् । सन् २०१४ को अप्रिल सेसनमा जापान गएकी भीमाकुमारीको मुटुको भल्बले काम गर्न छाडेको र तेस्रो स्टेजमा पुगिसकेकाले १ महिनाभित्र भल्ब फेर्नुपर्ने छ । तर, आर्थिक अभावका कारण उनी अहिले उनी जापानमा मृत्युसँग लडिरहेकी छन् ।

उनले शनिबार एक पत्रमार्फत जापानमा बस्ने सम्पूर्ण नेपालीलाई सहयोग गर्न अनुरोध गरेकी छन् । मुटुमा समस्या देखिएपछि पटक—पटक चेक गराउँदा केही नदेखिएपछि अन्तिममा हिकारिगाओस्थित अस्पतालले भल्ब फेर्नुपर्ने जानकारी दिएको र त्यसका लागि झण्डै १५ लाख खर्च हुने भएकाले उनले सहयोगका लागि सबैसँग आग्रह गरेकी हुन् । उनी लेख्छिन्, ‘उपचारका लागि १५ लाख लाग्ने भएको छ । तर, आर्थिक अवस्था निकै कमजोर भएकाका कारण उक्त रकम जुटाउन नसक्ने भएकाले हजुरहरु समक्ष सहयोगको हात फैलाएकी छु ।

श्रेष्ठलाई सहयोग गर्न चाहनेले उनको हुलाक खाता नं। १७४९०—६०९८९०११ रहेको छ । उनले सहयोग गर्ने महानुभावलाई आफ्नो ०७०—४६९१—९८४९ मा जानकारी गराउन समेत अपिल गरेकी छिन् । हाल विभिन्न संघसंस्था र नेपालीले उनलाई सहयोग गरिरहेका छन् ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |