‘मिस पुर्वाञ्चल’को सातौ संस्करण शुरु

धरान । ‘मिस पुर्वाञ्चल’को सातौ संस्करण शुरु भएको छ । सिल्भर इन्टरटेन्मेन्ट र हाईट इभेन्टको आयोजनामा हुने पूर्वको ठूलो सौन्दर्य प्रतियोगीतामा सुनसरी, मोरङ, झापा, धनकुटा, पाँचथर र सिरहाबाट युवतीहरुmiss-purbanchal सहभागी छन् । सहभागी युवतीहरुलाई र्‍याम्पवाक, क्याटवाकसहित, वाचन कला, सौन्दर्य, स्वास्थ्य, पर्यटन लगायत व्यक्तित्व विकास सम्बन्धि प्रशिक्षण बुधबारबाट सुरु गरिएको छ ।

पूर्वको ठूलो सौन्दर्य प्रतियोगीतामा सहभागी युवतीहरुलाई प्रियारानी लामाले कोरियोग्राफी सिकाइरहेकी छिन् भने विभिन्न क्षेत्रका विज्ञहरुले नियमित प्रशिक्षण दिने आयोजकले जनाएको छ ।

यसपटककी विजेताले चाँदी र बहुमुल्य पत्थर जडित ‘क्राउन’ पाउने छिन् । तर विजेताले आफ्नो अवधी सकिएपछि नयाँ मिस पूर्वाञ्चललाई चाँदी र क्राउन हस्तान्तरण गर्नुपर्छ । आयोजकले यसपटकबाट रनिङ ताजको व्यवस्था गरेकोे ईभेन्ट डाईरेक्टर सौरभ श्रेष्ठले बताए ।

धरान सभागृहमा असार ११ गते फाइनल प्रतिष्पर्धा हुने प्रतियोगीतामा विजयी हुनेले ‘नेपाल आइस नेचुरा मिस पुर्वान्चल २०१६’ उपाधीसहित यामाहा फेसिनो स्कुटी र बैंकक घुम्ने अवसर पाउने छिन् भने फस्टरनर अपले ५१ हजार , सेकेन्ड रनर अपले ३१ हजार र अन्य टाइटल बिजेताहरुले १० हजार पुरस्कार पाउनेछन् । -सेलिब्रिटी खबर

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |