नग्न रेष्टुरेन्ट, अब टोकियोमा पनि

जापान | जापानमा पहिलो नग्न रेष्टुरेन्ट (यस रेष्टुरेन्टमा कपडा लगाउन मनाही छ ) २९ जुन देखि जापानको राजधानी टोकियोमा सञ्चालनमा आउन लागेको छ । तर यहाँ एक नियम छ जसमा आउने पाहुनाको तौल नापिने छ । यदि तौल बढि भएमा प्रबेशमा निषेध गरिने छ । इंगल्याण्डको राजधानी लन्डन र अष्ट्रेलियाको शहर मेलर्बनमा सञ्चालन भएका यस्ता रेष्टुरेन्ट अब टोकियोमा पनि सञ्चालनमा आउन लागेको छ । यस्ता रेष्टुरेन्टमा उमेरको पनि हदबन्दि लाग्ने छ । यहाँ १८ देखि ६० बर्ष उमेरकालाई मात्र प्रबेश अनुमति दिईने छ ।

रेष्टुरेन्टको बेबसाइटमा दिईएको नियम अनुसार यदि तपाईको तौल तपाईको उचाईको औसत तौलको तुलनामा १५ किलो या त्यस भन्दा बढि भएमा भित्र प्रबेशको अनुमति दिईने छैन् । साथै यदि हेर्दामा तपाई मोटो देखिनुहुन्छ भने तपाईको तौल नापिने छ ।

२९ जुन देखि सञ्चालनमा आउन लागेको यो रेष्टुरेन्ट्रको बेबसाईटमा यो पनि उल्लेख गरिएको छ कि यदि तपाईको तौल धेरै भएमा तपाईले वुकिङ गरेको पैसा पनि फिर्ता आउने साथै तपाईलाई बाहिर निकालिने छ । सबै प्रकारको सेवाको लागि अथवा पहिले बुकिङ गर्दा अनलाइन बुकिङ पेजबाट गनु पर्नेछ ।

नियममा यो पनि लेखिएको छ कि पाहुनाले कसैलाई छुने या आवज निकालेर बोल्न पाईने छैन् । साथै यदि तपाईको शरिरमा ट्याटु छ भने पनि प्रबेश गर्ने अनुमति दिईने छैन् । पाहुनाले यस रेष्टुरेन्ट्रको डिनरको लागी लगभग ८०००० येन अथत ७५० अमेरिकी डलर खर्च गर्नुपर्ने छ । यसमा सांगीतिक प्रस्तुतीका साथ पुरुष मोडलहरुको नृत्य पनि समाबेश गरिएको छ । बिना नृत्य डिनरको लागि १४००० येन देखि २८००० येन सम्मको मेनु तयार गरिएको छ । रासस

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |