फर्पिङ्को नासपाती भन्दा मिठो सोनुको जोवन (भिडियो हेर्नुस)
गौरीगन्ज । फ़र्पिङ्को नासपाती र हेलम्बुको स्याउ ठाउँ बिशेष अनुसार पाइने प्रख्यात चिजहरु हुन्। तर यही कुरालाई गीतकार अमर श्रेष्ठले आफ्नो गीतको शब्दमा उतारेका छन्। गायिका सिर्जना केसीको सुमधुर आवाज रहेको यो गीतमा मोडल सोनु पुमाको साथमा जय र अमरले पनि कम्मर मर्काएका छन्। भर्खरै युटुब मार्फत सार्वजनिक डान्सिङ्ग नम्बरको यस गीतमा बिक्रम थापाको संगीत रहेको छ।
बासु बरालको छायांकन र अर्जुन पोखरेलको सम्पादन रहेको उक्त गीतलाई निर्देशक जिवन शाहीले निर्देशन गरेका हुन्। भिन्न शैलीको भाका भएको यो गीतको भिडियोमा पनि फरक ढङ्गको प्रस्तुतिकरण रहेको छ।



