एसएलसीको नतिजा, आज दिउँसो सार्वजनिक हुँदै

गौरीगन्ज । चैत १८ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको परीक्षा एसएलसीको नतिजा आज बिहीबार प्रकाशित हुने भएको छ। परिक्षा नियन्त्रण कार्यालयले एसएलसी परीक्षाको नतिजा आज सार्वजनिक गर्ने भएको हो । पनिकाले नतिजा प्रकाशनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ । आज दिउँसो नतिजा प्रकाशित गर्ने तयारी पनिकाले गरको छ ।

पनिकाले यस वर्षदेखि पहिलो पटक एसएलसी परीक्षाको नतिजा ग्रेडिङ प्रणालीमा सार्वजनिक गर्दै छ । ग्रेडिङ प्रणालीमा कुल चार ग्रेड प्वाईन्ट एभरेज (जिपिए) मध्ये विद्यार्थीको प्राप्ताङक अनुसार नौ तहमा वर्गीकरण गरेर नतिजा प्रकाशन गरिनेछ ।

एसएलसी गत बर्ष चैत १८ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको थियो । परीक्षामा नियमित, आंशिक तथा प्राविधिक धारका छात्रा र छात्र गरेर गरेर कुल ६ लाख १५ हजार ५ सय ५३ जना विद्यार्थी सहभागी छन् ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |