मौसमी गुरुङको नयाँ गीत ‘अलि अलि’ सर्वजनिक
काठमाडौं । गायिका मौसमी गुरुङ नयाँ गीत ‘अलि अलि’ लिएर आएकी छिन् । संगीतमा सक्रिय गायिका गुरुङ पछिल्लो दुई वर्ष निस्कृय थिइन् । ‘दुई वर्षपछि नयाँ गीत गाएको म आफैंलाई नौलो जस्तो लागिरहेको बताउछिन ।
मौसमीको अहिलेसम्म बनेको मध्ये अलि अलि उत्कृष्ठ भिडियो बनेको उनको भनाई थियो । ‘एकदमै उत्साहित छु, मेरो गीत सुनेर रमाउनेहरुले गीत निकै राम्रो लागेको प्रतिक्रिया दिनु भएको छ’ मौसमिले भनिन् ।
मौसमीको स्वर रहेको उक्त गीतमा जेम्स प्रधानको संगीत रहेको छ भने नरेश भट्टराईको शब्द रहेको छ । किरण लाकौल र अनु शाहले मोडलिङ गरेको उक्त गीतमा श्रीधर पौडेलको निर्देशन रहेको छ ।



