ट्रकसँग ठोक्किएपछि बस सडकमै यसरी जल्यो

सिरहा –पूर्वपश्चिम लोकमार्ग अन्तर्गत सिरहाको कसहा नजिक गागनखोलाको पुलमा बस र ट्रक एक आपसा ठोक्किएपछि बसमा लागेको आगलागीमा परेर एकजनाको ज्यान गएको छ । आगोले शब नराम्ररी डढेकाले मृतकको पहिचान हुन सकेको छैन ।

काठमाडौंबाट झापातर्फ गइरहेको ना. ५ ख ८५३८ नम्वरको वस र विपरित दिशाबाट आईरहेको ना. २ ख ४२९४ नम्वरको मालवहाक ट्रक एक आवसमा ठोकिंदा करिव दुईदर्जन यात्रु घाइते भएका छन् । घाइते मध्ये १० जनाको अवस्था गम्भीर रहेको छ ।

घाइतेहरुको गोलबजारको स्वास्थ्यसंस्थाहरुमा उपचार भईरहेको छ । गम्भिर अवस्थामा रहेका बसका चालक अरविन्द पौडेल, कन्डक्टर विमल विश्वकर्मालगायतको शरीरको विभिन्न भागमा आगो लागेको छ । उनीहरुको थप उपचारकोलागि वाहिर लाने तयारी भईरहेको जनाएको छ ।

पूल पार गरिरहेको ट्रक र तिब्रगतिमा आएको बस चालकले नियन्त्रणमा लिने क्रममा चिप्लिएर ठोकिन पुगेको चालकले बताएका छन् । बसमा सवार झापाका दुधवहादुर लामाले आफू निधाएको हुदाँ बस ठोकिएपछि एक्कासी आगो लागेकोमात्र देखेको बताए । आगो लागेपछि सामानहरु सवै छाडेर बसबाट उत्रिएर भागेको उनले बताए ।

कन्डक्टर विश्वकर्माले पनि गाडी एक्कासी ठोकिन पूगेपछि आफूहरु ज्यान जोगाएर भागेको बताए । आगलागीका कारण बस पूर्ण रुपमा जलेर नष्ट भएको छ । -रासस

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |