अर्चना पनेरुको पहिलो चलचित्र छेस्को अनलाईनमा

पोर्न फिल्म खेल्ने रहर व्यक्त गरेर सनसनी मच्चाएकी अर्चना पनेरुले फिल्म त खेलिन् तर पोर्न हैन । उनी अभिनीत पहिलो नेपाली फिल्म ‘छेस्को’ शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आएको एक हप्ता मै यु टूब च्यानलमा हालियो । यस् चलचित्रले अपेक्षया गरेको जस्तो हलमा दर्शक पाएन ।

पनेरुको पहिलो चलचित्र ‘छेस्को’ चाहेर पनि केही दर्शक (लोकलाजका कारण) हेर्न गएनन् । हलमा पुगेका सीमित दर्शकको अनुहार पनि हलमा छिर्दा र निस्कदा मास्कले छोपिएको थियो ।

सुरेश थापा निर्देशित ‘छेस्को’ मा अर्चनाको अपोजिटमा राजन कार्की छन् । युवापुस्ताबीचको प्रेम, रोमान्स र लागू औषध दुव्र्यसनीलाई कथानकता दिइएको भनिएको फिल्ममा अर्चनाको संलग्नताका कारण विवादितसमेत बनेको थियो । समाजमा आलोचित बनेकै कारण अर्चना अभिनीत फिल्म चल्न नदिने अडानमा केही फिल्मकर्मी रहे पनि सेन्सर बोर्डले भने एडल्ट सर्टिफिकेटसहित फिल्म रिलिजका लागि अनुमति दिएको हो ।

सुरज प्रधानको निर्माण रहेको फिल्ममा करण श्रेष्ठ ‘क्रेजी’ को पनि अभिनय छ ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |