गौरीया खोलाको बाढीपीडित परिबारलाई राहत

गौरीगंज | गौरीगंज र खजुरगाछीका गौरीया खोलाको बाढीपीडित परिबारलाई झापा उद्योग वाणिज्य संघ शाखा गौरीगंज खजुरगाछीले यस स्थानका व्यवसायीको सहयोगमा चन्दा संकलन गरी राहत सहयोग गरेका छन् ।

लगातारको वर्षाका कारण झापा जिल्लाको विभिन्न क्षेत्र पुरै जलमग्न भएको अवस्थामा वाणिज्य संघले बाढीपीडितहरुको तत्काल राहत सहयोग गरेका हुन् ।

खाजुरगाछीस्थित वैजेश्वरनाथ शिवालय मन्दिरको परिसरमा एक कार्यक्रमको आयोजना गरी पीडित परिवारलाई राहत वितरण गरिएको छ । झापा उद्योग वाणिज्य संघका अध्यक्ष मखना महतो गैदारको सभापतित्वमा र इलाका प्रशासन कार्यालयका प्रमुख यज्ञ प्रसाद आचार्यको प्रमुख आतिथ्यतामा राहत वितरण गरिएको हो ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |