धमलामाथी मोडेल स्मिता थापाको हमला

स्मिता थापा नेपाली सर्वाधिक चर्चा बटुल्ने मोडल हुन् । अन्तर्वार्ताको क्रममा ‘लोग्ने हैन लोग्ने मान्छे चाहिन्छ’ भनेर एक्कासी चर्चामा आएकी मोडल र विभिन्न फोटोसुटका कारण पनि चर्चामै रहिन् । स्मिताको जीवन कथामा आधारित चर्चित साहित्यकार एवं गीतकार राजेन्द्र थापाले खेलौना’ नामक उपन्यास पनि लेखे । यो पुस्तकले पनि स्मितालाई चर्चाको थप शिखरमा पुर्यायो । सामाजिक संजालमा निकै ग्ल्यामरस र कलात्मक तस्बिरहरु अपलोड गर्ने स्मिता एक हिसाबले चर्चाको शिखरमा टिकिरहने नेपाली रंगमंचकी एक सफल मोडल हुन् । उनका फ्यान त्यत्तिकै छन् ।

तर उनै मोडल स्मिता अहिले निकै तनावमा छिन् । केही अनलाइन न्युज पोर्टलले चरित्र हत्या गर्ने गरि समाचार लेखेको भन्दै उनले तनाव महसुस गरेकी हुन् । विभिन्न अनलाइन न्युज पोर्टलहरुमा कपोकल्पित समाचार आएको उनले दाबी गरिन् । ‘उसले(सम्बन्धित समाचार संस्था)ले सार्वजनिक रुपमा माफी नमागे साइबर क्राइम अन्तर्गत मुद्धा हाल्छु ।’ – खबर फेसबुकमा आज भाइरल भएको छ ।

‘मलाई व्हिस्की पिएर वाइल्ड सेक्स गर्न मन छ’ शिर्षकमा मोडल स्मिताको भनाईलाई कोड गर्दै नेपालका एक चर्चित पत्रकारले संचालन गरेको अनलाईन पत्रिकामा मंगलवार बिहान एक समाचार प्रकाशित थियो । यो समाचार उक्त अनलाईनमा प्रकाशित हुनासाथ् भाइरल बनेको थियो । र, लगत्तै मोडल स्मिताले फेसबुकमा पोस्ट गरिन्-‘आज जतिपनि अनलाईन न्युजहरुमा मेरो कुरा लेखिएको छ, टिप्पणी गरिएको छ, यो सबै झुठ र वाहियात कुरा हो। र, जसले यो झुठ समाचार बनाएको छ, म त्यसलाई साईबर क्राइमको मुद्धा गर्दै छु ।’ सेलिब्रिटी खबरसंग दिनभर अपडेट हुदै खुला हृदयकी स्मिताले यो समाचारका कारण आफु निकै तनाबमा रहेको बताइन । उनले यो समाचार लेख्ने पत्रकार ऋषि धमलाले सार्वजनिक रुपमा माफी नमागे माथी मुद्धा हाल्ने निष्कर्षमा पुगेको आफ्नो फेसबुक स्टाट्समा पोस्ट गरिकी छिन ।

त्यसको केही समयपछि उक्त अनलाइनबाट सो समाचार हटाइयो । तैपनि मोडल स्मिताको रिस थामिएन । उनले फेरी उक्त अनलाइन संचालकलाई इंगित गर्दै फेसबुकमा पोस्ट गरिन् -‘आफ्नो अनलाईनबाट समाचार हटाएर मात्र हुन्छ र ? त्यो त भाइरल भैसक्यो दुनिया अनलाइन समाचारमा । माफी माग्नु पर्छ, तर अहिले सम्म माफी मागेको छैन, यदि बेलुकी सम्म माफी मगेन भने भोलि साइबर क्राइमको मुद्धा हाल्दैछु ।’

त्यस लेख पढ्नको लागी यहाँ क्लिक गर्नुहोस ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |