चलचित्र चपली हाइट २ को गल्ती गरौ न बोलको गीत सार्वजनिक

चलचित्र ‘चपली हाइट २’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘गल्ती गरौ न’ बोलको गीतमा चलचित्रका मुख्य २ कलाकार आयुष्मान देसराज जोशी, परमिता आर एल रानालाई फिचरिङ गरिएको छ । चलचित्रमा मरिष्का पोख्रेल पनि मुख्य भूमिकामा छिन् ।

भिडियोमा प्रेममा डुबेका २ यूवायूतीको रोमान्सलाई देखाउन खोजिएको छ । यो गीतमा परमिता खुबै हट देखिएकी छिन् । विकिनी लगाएर उनले आयुष्मानसँग स्विमिङ पूलमा रोमान्स गरेकी छिन् । दीपेन्द्र के खनालको निर्देशनमा बनेको चलचित्रलाई अर्जुन कुमारले निर्माण गरेका हुन् ।

कविराज गहतराजले कोरियोग्राफी गरेको यो गीतको लोकेशन, छायांकनदेखि लाइटिङ पक्ष उत्कृष्ट छ । कविराजले नायक-नायिकाको रोमान्सलाई कलात्मक ढंगले देखाएका छन् । भिडियोमा नायक-नायिका कामुक देखिएपनि उच्छृङ्खल भने लाग्दैनन् ।

अर्जुन कुमारले संगीत भरेको गीतमा धमेन्द्र सेवानको स्वर, सुरेश राइको शब्द छ ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |