परपुरुषसँग लागेको आशंकामा श्रीमतीलाई हत्या

काठमाडौं । सामान्य बिबादको क्रममा काठमाडौँ मनमैजु डेरा गरी बस्ने धादिंग जिल्ला छत्रे देउराली गाबिस – ६ की ३२ बर्षिया राधिका कार्कीको मृत्यु भएको छ । उनलाई आफ्नै श्रीमान हरिहर कार्कीले पेटमा छुरा प्रहार गरी हत्या गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

४२ वषीय श्रीमान हरिहरले आफ्नी श्रीमती राधिका परपुरुषसँग लागेको चाल पाई सोधपुछ गर्दा सामान्य बिबादमै रिसको आवेग थाम्न नासकी तरकारी काट्न प्रयोग भैरहेको चक्कुले श्रीमतीको पेटमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए । घटना पश्चात घाइते राधिकालाई शिक्षण अस्पतालमा पुर्याईएको थियो, तर उपचारकै क्रममा घाइते राधिकाको शनिबार बिहान मृत्यु भएको छ ।

अभियुक्त हरिहर्लाई प्रहरीले पक्राउ गरी प्रारम्भिक अनुसन्धान गर्दा निज अभियुक्तले सामान्य बिबादको क्रममा रिसको आवेग थाम्न नसक्दाको परिणाम स्वरूप यो घटना घटेको बताएपनि थप अनुसन्धान पश्चात सत्यतथ्य खुल्ने जानकारी प्रहरीले दिएको छ ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |