नम्रताको हट आइटम चलचित्र ‘शकुन्तला’मा

म्यूजिक भिडियोमा धेरै देखिने मोडल हुन् नम्रता सापकोटा, चलचित्रमा भने उनको यात्रा सुखद छैन । केही सामान्य भूमिकामा नै उनले चित्त वुझाउनु परेको छ ।

उनै नम्रतालाई निर्देशक दिनेश श्रेष्ठले आफ्नो नयाँ चलचित्र ‘शकुन्तला’को एक आइटम गीतमा नृत्य गराएका छन् । दिनेशकै छायांकन रहेको यो गीतमा माइकल चन्दको कोरियोग्राफी छ ।

दुर्गा खरेलको आवाज, अर्जुन पोख्रेलको संगीत र डाक्टर कृष्णहरि बरालको यो गीतमा शब्द छ । चलचित्रलाई महेश्वर खत्री र श्रृप्सा खत्रीले निर्माण गरेका हुन् ।

चलचित्रमा नायक राजेश हमाल महिलाको अवतारमा देखिएका छन् । किशोर खतिवडा, अनु शाह लगायतका कलाकारलाई पनि चलचित्रमा देख्न सकिन्छ ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |