चितवनमा अलपत्र परेकी फिलिपिनो महिलाको उद्धार

वैदेशिक रोजगारीको सिलसिलामा दुबई गएकी फिलिपिन्सकी जोयालेन ग्रेस टेलरमो माईजेरेस नाम गरेकी ती महिला त्यहाँबाट सौराहाका जीवन थापाको साथमा पर्यटक भिषा लिएर नेपाल आएकी थिइन् ।

दुव्र्यसनीमा परेका थापालाई सहयोग गरी उनले नेपाल ल्याएकी हुन् । एक महिने भिषा अवधि भए पनि थापासँगै विवाह गरेर उनी नेपालमै बसिन् । दुई सन्तानकी आमासमेत रहेकी जोयाले नेपाली नागरीकसंग बिहेगरी ३ वर्ष र ११ महिनाको छोरा जन्माएकी छिन् तर, घरेलुहिंसामा परेर जोयालेनको सडकमा बास भयो । यसैक्रममा गत वैशाख २ गते नारायणगढको बालकुमारी रोडमा दुई नावालकसहित अलपत्र अवस्थामा भेटिएकी ती फिलिपिनो महिलालाई पुन:सथापना केन्द्र आदर्श गृहले झण्डै चार महिना आश्रय दिएर आवश्यक कागजपत्र तयार गरी स्वदेश फर्काउन लागेको हो ।

नेपाल आउनासाथ उनको पासपोर्टसहितका कागजातसँगै आएका जीवनले नष्ट गरेका थिए । स्थानीय महिला अधिकारकर्मी, प्रशासन, प्रहरी, जिल्ला न्यायाधिवक्ताको कार्यालय, महिला तथा बालबालिका कार्यालय, फिलिपिन्स दूतावाससहितको संयुक्त प्रयासमा आवश्यक कागजात तयार गरी स्वदेश फर्काउन सम्भव भएको आदर्श गृहका सूचना संयोजक अर्जुन अधिकारीले बताए ।

श्रावण ३० गते २ सन्तान सहित स्वदेश फिर्ता हुन लागेकी जोयाले गहभरी आसु वोक्दै नेपाली नागरीकहरु अतिनै राम्रो भएको बताउदै गृहले गरेको कार्यलाई कहिले बिर्सन नसक्ने बताएकी थिइन् । नेपालको बसाईमा बिभिन्न दुख कष्ट भोगेकी जोयाले आफु बलियो रहेको भन्दै आगामी ५ वर्षमा पुनह नेपाल आउने समेत बताएकी थिईन् ।

बिचल्लीमा परेकी एक फिलिपिनी महिलालाई चितवनको भरतपुरमा रहेको आदर्श गृहले उद्धार गरेको छ ।नेपालीसंग बिहे गरेकी फिलिपिनी महिला जोयाको उद्धार गरी आदर्श गृहले आईतवार स्वदेश फिर्ता गर्ने भएको हो । उनका दुई छोरा समेत रहेका छन् ।

प्रमुख जिल्ला अधिकारी विनोद प्रकास सिंहले गृहले प्रसंसनिय कार्य गरेको भन्दै यस्तो कार्यको बयान गर्न नसकिने बताउनुभयो । जोयालाई स्वदेश फिर्ता गर्न महत्वपुर्ण भुमिका रहेको जिल्ला प्रसासन कार्यलयका प्रमुख सिंहले गृहले नेपालमा नै ठुलो सन्देश दिएको बताउनुभयो । साथै उहाँले यस्तो गलत प्रवृत्ति गर्ने ब्यक्तिलाई दानुनी दायरामा ल्याई सजाय दिनु पर्ने समेत बताउनुभयो । जोया लाई आर्दश गृहले फिलिपिन्स पठाउनु अधि बिदाई कार्यक्रमको आयोजना गरि विदाई गरेको हो । रासस

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |