फास्ट ट्रयाकले बिर्तामोड शाखामा, आइतबार सेमिनार गर्दै
बिर्तामोड । बिर्तामोडस्थित फास्ट ट्रयाक एजुकेशन कन्सल्टेन्सीले जापान जान चाहने विद्यार्थीका लागि आइतबार एक दिने निःशुल्क सेमिनार गर्ने भएको छ ।
बिहान ९ बजे भद्रपुर रोडस्थित आफ्नै कार्यालयमा सेमिनार गरिने फास्ट ट्रयाकका बिर्तामोड शाखा प्रमुख राजकुमार कार्कीले जानकारी दिए । सेमिनारमा ३० देखि ३५ जना विद्यार्थी आउने अपेक्षा गरिएको फास्ट ट्रयाकका प्रवन्ध निर्देशक खड्ग ताम्लिङले बताए । सेमिनारमा अर्जुन खड्का र प्रवन्ध निर्देशक ताम्लिङले सहजीकरण गर्ने बताइएको छ ।
विद्यार्थीलाई अब्रोड स्टडीका लागि जापान मात्र पठाएर ख्याती कमाएको फस्ट ट्रयाकले अब अष्ट्रेलिया, युएसए र न्युजिल्याण्डका लागि पनि काम गर्ने भएको छ । शुक्रबार आयोजित पत्रकार भेटघाटमा प्रवन्ध निर्देशक ताम्लिङले भने, ‘अब फास्ट ट्रयाकले जापानका लागि मात्र नभएर अष्ट्रेलिया, युएसए र न्यूजिल्याण्डका लागि पनि शैक्षिक परामर्श दिनेछ ।’ फास्ट ट्रयाकमा अहिलेसम्म जापानिज भाषाको मात्र पढाई हुँदै आएकोमा अबको केही दिनपछि भने टोफेल, आइएलटीएसको क्लास पनि सुरु हुने बिर्तामोड शाखा प्रमुख कार्कीले जानकारी दिए ।
अब्रोड स्टडीका लागि जापान जान चाहने विद्यार्थीलाई उचित शैक्षिक परामर्श दिने उद्देश्यले विसं ०६४ मा फास्ट ट्रयाकको स्थापना भएको ताम्लिङले बताए । फास्ट ट्रयाकको केन्द्रीय कार्यालय काठमाडौँको बागबजारमा छ । शाखाहरु चावहिल, बुटवल, पोखरा र बिर्तामोडमा छन् ।
पूर्वका विद्यार्थीलाई लक्षित गरी एक वर्षअघि बिर्तामोडमा शाखा सुरु गरेको बताइएको छ । यो अवधिमा बिर्तामोड कार्यालयमार्फत २४ जना विद्यार्थी जापान पुगेर अध्ययन गर्न थालिसकेको शाखा प्रमुख कार्कीले बताए । रासस



