दमकमा एक शिशुको शव फेला
झापा | दमकमा सालनालसहितएको एक शिशुको शव फेला परेको छ । दमक–१३ स्थित रतुवा खोलाको किनारमा सालनालसहितको शिशुको शव फेला परेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
प्रहरीका अनुसार ५–६ महिनाको शव कसैले भ्रुण हत्या गरेर फालेको हुन सक्छ । स्त्री जातको शिशुको शव आज बिहान साँढे ५ बजेतिर स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । भर्खर शिशुको अंग बन्दै गरेको देखिने शव कसले फालेको हो भन्ने बारेमा अनुसन्धान गर्ने कार्य भइरहेको दमक प्रहरीले जनाएको छ ।



