रियाे अाेलम्पिकमा गाैरिकाले पहिलाे हिट्स जितिन

रियाे ओलम्पिककै कान्छी खेलाडी गौरिका सिंह आफ्नो हिट्समा पहिलो भएर अघिल्लाे चरणका लागि छानिएकी छिन् ।

१३ वर्ष २ सय ५५ दिनमा ओलम्पिक खेल्न लागेकी गौरिकाले आइतबार राति नेपाली समयअनुसार ९ बजेर ४७ मिनेटमा सय मिटर ब्याकस्ट्रोकतर्फ प्रतिस्पर्धा गरेकी हुन् ।

उनले १ मिनेट ८.०१२ सेकेण्डमा स्पर्धा पूरा गरेकी हुन् । उनले पहिलाे हिटका छ प्रतिस्पर्धीलाइ पछाडि छाेडेकी हुन् ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |