माेवाइल चलाउदा चटयाङ लागेर छोराको मृत्यु र बुबा घाइते
सुनसरी | माेटरसाइकल राेकेर माेवाइलमा कुरा गर्दागर्दै धरान ११ सखुवागाछीमा दिउसोे चट्याङले लागे्र धरान ११ सगरमाथा टोलका २१ बर्षीय अधिराज राईको घट्ना स्थलमै मृत्यु भएको हाे । उनका बाबु ५६ बर्षीया दलबहादुर राई भने घाइते भएका छन् ।
मृतक अधिराजको कानबाट रगत बगेको र सम्पूर्ण जिउ जलेको अवस्थामा प्रतिष्ठानमा पोष्टमार्टमका लागि ल्याइएको छ भने घाइते दलबहादुर राईको अवस्था खतरामुक्त भएको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् ।
हङकङमा रहेकी अधिराजकी दिदीलार्इ पार्सल पठाएर फर्कने क्रममा सुनसरीकाे सखुवागाछिमा चटयाङ पर्दै गरेकाे समयमा अधिराजले माेवाइलमा कुराकानी गरेकाे र त्यसैबेला परेकाे चटयाङले लागेर उनकाे मृत्यु भएकाे बताए ।



