मध्यरातमा सुटुक्क फर्के यूरोप भ्रमणबाट पूर्वराजपरिवार
काठमाडौँ । करिब तीन साता लामो युरोप भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह स्वदेश फर्केका छन् । छोरा पारसलाई निर्मल निवासमा एक्लै छाडेर श्रीमती, बुहारी, नाति–नातिनासहित युरोप गएका पूर्वराजा शाह सोमबार मध्यराति नेपाल फर्किएका हुन् ।
सोमबार राति करिब १० बजेतिर पूर्वराजपरिवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेको थियो । विमानस्थलमा पूर्वराजा शाह प्रफुल्ल मुद्रामा देखिन्थे । पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी शाह सारीमा खुलेका देखिन्थे ।
नाति–नातिनाको एक महिना लामो स्कुल बिदा भएकाले पूर्वराजा शाह युरोप भ्रमणका गएका थिए । केही दिनअघि इटालीको एउटा रेस्टुरेन्ट पूर्वराजा शाह र पूर्वरानी कोमल शाह खाजा खाएर बाहिरिने क्रममा पूर्वमिस नेपाल जेनिशा मोक्तान र उनका पति दिकेश मल्होत्राले भेट गरेका थिए । सो तस्बिर फेसबुकमा पोस्ट भएपछि मात्र पूर्वराजपरिवार इटालीमा घुमफिरमा रहेको पुष्टि भएको थियो । -हाम्रो संदेश