मोडेल नुमा राई द्वारा अभिनित चौथो म्युजिक भिडियो

उदयपुर कटुन्जे बवला ८ वाबुङ्ग्लाकी मोडेल नुमा राई द्वारा अभिनित गीत "यो मन ले तिमि सङ्गै हासौँ भन्छ, यो मन ले तिमी सङ्गै नाचौँ भन्छ" को आज म्युजिक भिडियो सुटिङ सकिएको छ । लामो समय देश बाहिरै रहेर पनि नेपाली कला सस्कृतीलाई माया गर्दै आउनु भएकी मोडेल नुमा राई द्वारा अभिनित चौथो म्युजिक भिडियो हो । यश म्युजिक भिडियोमा सङ्गीत हरि लम्सालले दिनु भएको छ भने बिकाश मगरको शब्दमा निर्मला थापा मगरको स्वर रहेको छ । यस गीतमा मोडेल राईलाई मोडेल बिकाश मगरले साथ् दिनुभएको छ ।

कुवेत सहरको विभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको यश भिडियो छिट्टै स्रोता / दर्शकहरु माझ आउने जानकारी निर्माण पक्षले गराउनु भयो ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |