ओबामाको छोरी साशा वेटरको काम गर्दै

एजेन्सी | हामीकहाँ ‘ठूलो पद’मा पुगेका मानिसका छोराछोरीले रेष्टुरेण्टमा काम गर्ने कल्पना पनि गर्दैनन् । तर काम गर्दा सानो भइन्छ भनेर लाज मान्ने नेपाली मानसिकतालाई चुनौती दिएकी छिन अमेरिकी राष्ट्रपतिकी छोरीले ।

बिबिसीमा प्रकाशित समाचार अनुसार, अमेरिकी राष्ट्रपति बाराक ओबामाको छोरी साशा ओबामा व्हाइट हाउसको विलासिता छोडेर एउटा रेष्टुरेष्टमा काम गरिरहेकी छिन् ।

ओबामाको १५ वर्षीय छोरी साशाले गर्मीको विदामा म्यासाचुसेट्सको माथा वाइनयार्डमा रहेको एउटा रेष्टुरेण्टमा वेटरको काम गर्न थालेकी हिुन । जासुसी विभागका ६ एजेण्ट भने उनको निगरानी गर्ने गर्छन् । ओबामा परिवार यो शहरमा छुट्टी मनाउन आइरहने विविसीले जनाएको छ ।

साशासँग काम गरिरहेका कर्मचारीले हेराल्ड अखबारलाई बताए अनुसार, उनी तल्लो तलामा काम गर्छिन् । शुरुमा त काम गर्न आउने केटीसँग ६ जना अरु किन आउँछन् भनेर अचम्म पनि लाग्यो तर पछि उनी को हुन भन्ने थाहा भएपछि हामी झन अचम्ममा पर्यौं ।

व्हाइट हाउसले भने साशाको कामको बारेमा कुनै टिप्पणी गरेको छैन । मिशेल अ‍ोबामाले आफ्ना छोराछोरीलाई सामान्य तरिकाले हुर्काउन चाहेको बारम्बार बताउँदै आएकी छिन् । टेक अवे काम काउण्टरमा काम गर्नुका साथै साशाले टेबलमा ग्राहकलाइ खाना पुगाउने र लञ्चको समयमा रेष्टुरेण्ट मिलाउन समेत सहयोग गर्नुपर्छ ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |