आज पहिलो संविधान दिवस मनाइयो
काठमाडौं | नेपालको संविधान जारी भएको पहिलो वार्षिकोत्सवका अवसरमा विशेष समारोह आयोजना गरिएको छ । संविधानसभामार्फत एकवर्ष अघि आजकै दिन संविधान जारी भएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल अध्यक्ष रहेको मूल समारोह समितिले सोमबार सैनिक मञ्चमा गरेको कार्यक्रममा परेवा उडाएर संविधान दिवस मनाइएको हो। सरकारका मन्त्री, विभिन्न राजनीतिक दलका नेता, सांसद्, संवैधानिक निकायका पदाधिकारी, सरकारी कर्मचारी, खेलाडी, सर्वसाधारण लगायतको उपस्थिति रहेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश सुशिला कार्की र प्रधानसेनापति राजेन्द्र क्षेत्रीले एक एक जोडा परेवा उडाए।



