अमेरिकाको पेन्टागनमा सेप्टेम्बर ११ को बिमान आक्रमण
सेप्टेम्बर ११ , आजभन्दा ठीक १५ वर्षअघि अमेरिकामाथि बिद्रोही संगठन अल–कायदाद्वारा आत्मघाती आक्रमण गरी दुईवटा टावर ध्वस्त पारिएको दिन हो ।
सन् २००१ सेप्टेम्बर ११ का दिन बिहानै ८ः४६ बजे हाइज्याक गरिएको बिमान वर्ल्ड ट्रेड सेन्टरमा ठोक्काएका थिए । अलकायदाका १९ जना आतंकवादीले ४ वटा विमान अपहरण गरेका थिए । ती अपहरणकर्ताहरूले ४ मध्ये दुई वटा विमान वल्ड ट्रेड सेन्टरमा, १ विमान पेन्टागनमा ठोक्काइएको थियो भने अर्को एक विमान ह्वाइट हाउसमा ठोक्काउने प्रयास गर्दा बाटोमा नै खसेको थियो ।
आक्रमणको Live Video हेर्नुहोस ।
आक्रमणमा विमान सवार सबै मानिस र ती भवनमा काम गर्ने अन्य मानिस मारिएका थिए । यी आक्रमणमा २ हजार ९ सय ९६ जनाको मृत्यु भएको थियो भने २४ मानिस अझै पनि बेपत्ता रहेको बताइदै आएको छ ।
सेप्टेम्बर ११ को उक्त आक्रमण अमेरिकी इतिहासमा सबैभन्दा भयानक र सबैभन्दा धेरै मानिसको मृत्यु भएको आतंकवादी आक्रमण हो । आक्रमणपछि भग्नावशेषबाट १८ जनालाई जिवितै उद्दार गरिएको थियो । वल्ड ट्रेड सेन्टरको भग्नावशेषबाट १९ हजार ४ सय ३५ मानिसको शरीरका टुक्रा निकालिएको थियो ।



