कन्काई नदीको बाढीले सिंगो गाउँ जोखिममा

पूर्व–पश्चिम राजमार्गको कन्काई पुल उत्तर पश्चिमको एउटा सिङ्गो गाउँ कन्काई नदीमा आएको बाढीले उच्च जोखिममा परेको छ । यस गाउमा ७२ घर रहेका छन् । शुक्रबार रातिदेखि पूर्वी पहाडी भू–भागमा वर्षा भएपछि माईखोलामा बाढी आएको थियो।

स्थानीयका अनुसार कन्काईमा आएको बाढीको भंगालोले पश्चिम क्षेत्रमा तीव्र कटान गरेपछि त्यहाँको ढुँगे बाँध पनि खतरामा परेको छ । बाँधलाई बाढीले बगाउनेवित्तिकै त्यहाँका ७२ घर परिवारको उठिबास हुने स्थानिय प्रहरी चौकी माइधारले जनाएको छ ।

प्रहरीका अनुसार बाढीबाट बिस्थापितलाई पुनस्र्थापना गराउने भरपर्दो स्थान नभएकाले उनीहरूको पूर्वाधार खोल्न सकिएको छैन। इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक कुन्दन देवले बाढीबाट विस्थापित हुनेलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने योजना बनाएको बताए ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |