राजेश हमाललाई निदाउने नदिने नायिकाको हुन ? (भिडियाेसहित)
काठमाडाै। यसमा गीतलाई चर्चित गीतकार खेम रिजालले कोरेका हुन । गायक राज सागरको सुमधुर स्वरमा सजिएको "निदाएको थिए" बोल गीतको म्युजिक भिडियो यसैहप्ता युटुवमा सार्वजनिक गरिएको छ ।
यसअघि "गुरास फुल्यो पाखैमा", "जे जे हुनुथियो भैगो", लगायतका चर्चीत गीतका गीतकार रिजालको नया गीत पनि धेरैको रोजाईमा परेको छ । गीतकार रिजालको गुरासै फुल्यो बोलको गीतलाई चर्चीत गायक रुवरुपराज आचार्यले स्वर दिएका थिए ।
"निदाएको थिए" बोलको गीतको म्युजिक भिडियोमा महानायक राजेश हमाल, उषा खड्की र बिएस रानाको समेत अभिनय देख्न सकिन्छ ।
यस म्युजिक भिडियोलाई निर्देशन निर्देशक केदार धितालले गरेका हुन भने कोरियोग्राफी रोहित बस्नेतको रहेको छ । भिडियोको छायांकन ज्ञानेन्द्र शर्माले र सम्पादन निशान घिमिरेले गरेका छन ।



