झापाका दुर्घटनाग्रस्त ‘ब्ल्याक स्पट’ क्षेत्र

झापा | ट्राफिक प्रहरीले धेरै दुर्घटना हुने क्षेत्रलाई ‘ब्ल्याक स्पट’ घोषणा गर्छ । ‘ब्ल्याक स्पट’ घोषणा गरिएपछि त्यस्ता स्थानहरुमा हुने दुर्घटनाको कारण र न्यूनीकरणका लागि अपनाउन सकिने उपायका बारेमा अध्ययन गरिन्छ । जसको मुख्य उद्देश्य सवारी दुर्घटना न्यूनीकरण गर्नु हो ।

सडक विभागले केही दिनअघि मात्र नेपालका असुरक्षित राजमार्गहरु, कारण र न्यूनीकरणका लागि अपनाउन सकिने उपायहरुको विषयमा अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो । ती सडकहरु पश्चिम नेपालका धेरै छन् ।

झापामा चाहिँ कुनकुन क्षेत्र ‘ब्ल्याक स्पट’ घोषित छन् त ? ट्राफिक प्रहरीले धेरै दुर्घटना भएको आधारमा केही स्थानलाई ‘ब्ल्याक स्पट’ घोषणा गरेको छ । दुर्घटनाको कारण पत्ता लगाई न्यूनीकरणका लागि विभिन्न उपाय अपानाउँदै आएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार जिल्लामा सबैभन्दा बढी दुर्घटना हुने क्षेत्रमा दमक-क्याम्पस मोड, पाडाजुँगी चोक, झिलझिले, माईधार, कनकाई नगरपालिका -सुरुङ्गा पुलदेखि जकेकल्भर्ट), लक्ष्मीपुर, चारपाने, बुट्टाबारी, दउनियाँ र धाइजन चोक पर्छन् ।

पछिल्लो आर्थिक वर्षमा भएका सवारी दुर्घटना परि कनकाई नगरपालिकाको जुके कल्भर्टमा ६, दमकको क्याम्पस मोडमा ४, रामचोकमा ४, बुट्टाबारीको स्टाफचोकमा ३, कनकाई नगरको बिरिङ पुलमा २ र धरमपुर मोडमा १ जनाको मृत्यु भयो ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |