संजिव र सुष्माको ‘डिउटी भन्दै डेटिङतीर’ बोलको म्युजिक भिडियो सार्वजनिक

बेलायतस्थित दोश्रो गोर्खा रेजिमेन्माट कार्यरत सैनिक संजिब राई र नेपालमै प्राध्यापन पेशामा आवद्ध सुष्मा रुपाबुङ राईको सयुक्त रचना मायाप्रेममा आधरीत ‘डिउटी भन्दै डेटिङतीर’ बोलको म्युजिक भिडियो, संजिब राईको आफ्नै युटुब च्यानल मार्फत सार्वजनिक गरेका छन ।

गीतकार तथा मोड्ल संजिब र सुष्माको मायाप्रेममा सजिएको रचनालाई गायक राजेश पायल राई र गायिका मिलन अमात्यले आफ्नो आवाज दिएका छन भने संगीतकार बसन्त सापकोटाले संगीत भरेका छन ।

यस गीतको गीतकार र मोड्ल दुवै वास्तविक जीवनमा श्रीमान र श्रीमती हुन् । सुष्मा र संजिब अभिनित यस भिडियोलाई चर्चित कोरीयोग्राफर रेनेशा बान्तावा राईले निर्देशन गरेकी छिन ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |