लागुऔषधी सहित दमकमा श्रीमान-श्रीमती समातिए
दमक | इलाका प्रहरी कार्यालय दमकले ठूलो परिणामको लागुऔषध सहित बुधबार साँझ दमकबाट दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दमक का २७ वर्षिय भुपाल कपाली र उनकी २३ वर्षिय श्रीमती सपना श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय दमकका डीएसपी राजन लिम्बुले हाम्रो दमकलाई जानकारी दिएका छन् ।
काँकडभिट्टाबाट विराटनगरका लागि छुटेको ना ५ ख ३२३८ नम्बरको नेहा ट्राभल्सको बसमा सवार उनीहरुलाई १२० एम्पुल फेनार्गन, १२० एम्पुल डाईजापाम, १२० एम्पुल लोपिजेसिक सहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय दमक जनाएको हो । उनीहरुले खुट्टामा टेपले बाँधेर लागुऔषध भित्र्याएको डीएसपी राजनको भनाई छ । पक्राउ परेका दुई जनालाई हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले बताएको छ । -हाम्रो दमक



