झापाको गौरिगंजमा कर सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न
गौरिगंज | झापा उधोग बाणिज्य संघ गौरिगंज खजुरगाछिको आयोजनामा गौरिगंज तथा खजुरगाछीमा रहेका व्यावसायिहरु संगको एक दिने कर सम्बन्धिको अन्र्तक्रिया सम्पन्न भएको हो । स्थानिय क्षेत्रमा रहेका व्यावसायिहरुलाई कर सम्बन्धि जानकारी दिने र करको दायरामा ल्याउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको झापा उधोग बाणिज्य संघ गौरिगंजका अध्यक्ष मखना महतोले जानकारी दिनुभयो ।
यसैगरि उक्त अवसरमा पाँचौ राष्ट्रिय कर दिवसको अवसर पारेर आन्तरिक राजश्व कार्यालय झापाको सप्ताह व्यापि कार्यक्रम अन्र्तगत आज गौरिगंजमा एक दिने कर संकलन घुम्तिशिविर समेत सम्पन्न गरेको छ । स्थानिय क्षेत्रमा रहेका व्यावसायिहरुलाई करसम्बन्धि जानकारी दिने तथा कर कार्यालय र व्यावसायिहरु विचको दृुरीलाई कम गर्दै उत्प्रेरणा जगाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको आन्तरिक राजश्व कार्यालय झापाका प्रमुख निर्मल ढकालले जानकारी दिनुभयो । उहाँले व्यवसायिहरुले नियत राखेर कर लुकाउन रोज्दा मिसम्याचमा पर्ने गरेको पनि बताउनु भयो ।
कार्यक्रममा कर दाता सेवा कार्यालय दमकमा प्रमुख तिलक थापा, आन्तरिक राजश्व कार्यालयका कर अधिकृत पेशल न्यौपाने, युवराज अधिकारीले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा झापा उधोग बाणिज्य संघ गौरीगंज खजुरगाछीका उपाध्यक्ष निरज अग्रवालले राजश्व कार्यालयले स्थानिय स्तरबाटनै सेवा प्रभाब गरेकोमा प्रसंसा गर्नुभयो । कार्यक्रमको संचालन सचिब श्रवण गिरीले गर्नुभएको थियो ।



