देउसी खेल्दा पुरुषसँग नाचेको निहुँमा श्रीमतीको हत्या
काठमाडौं, २० कात्तिक | मदिरामा मात्तिएका एक पुरूषले देउसेसँग नाचेको निहुँमा श्रीमतीको हत्या गरेका छन् । नागार्जुन बस्ने राजकुमार विष्टले तिहारको लक्ष्मीपूजाको दिनमा कुटेर श्रीमतीको हत्या गरेका हुन् ।
साँझ भट्टीमा मदिरा पिएर फर्कदा श्रीमती लक्ष्मी विषट विक देउसेसँग नाचिइरहेकी थिइन् । उनले परपुरूषसँग नाचेको भन्दै श्रीमतीलाई कोठामा लगेर आग्लोले हानी हत्या गरेको प्रहरीले जनाएको छ ।
हत्यापछि उनले श्रीमती मृत अवस्थामा भेटिएको भन्दै प्रहरीलाई फोन गरेका थिए । तत्कालै प्रहरीले उनलाई पक्राउ गरेको थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।



