बेली डान्सर कमलाको ‘डार्लिङ’ सार्वजनिक (भिडियो सहित)
बेली डान्सरको नामले चिनिएकी कमला सापकोटाको डार्लिङ सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक समारोहका बीच गायिका जुना प्रसार्इ र प्राश्ना शाक्यले कमलाको डार्लिङ सार्वजनिक संयुक्त रूपमा सार्वजनिक गरे ।
वैदेशिक भूमिबाट फर्किए लगत्तै कला क्षेत्रमा होमिएकी कमला सापकोटाको डार्लिङमा आफ्नै शब्द संगित रहेको छ ।
विकास भूजेलको संगित संयोजनले जो कसैलाई पनि एकपटक कम्मर मर्काउन बाध्य बनाउने छ ।
म्युजिक जोयले बजारमा ल्याएको गीत डार्लिङको भिडियोमा गायिका सापकोटा सँगै मोडल पवन पाठकले कम्मर मर्काएका छन् । गीतको म्यूजिक ज्ञानेन्द्र शर्माको छायांकन, प्रविन श्रेष्ठको सम्पादनलाई पासाङ योञ्जन लामाले निर्देशन गरेका हुन् ।



