तरकारीवाली कुसुम सोसल मिडियामा एकाएक चर्चित

सोसल मिडियामाबाट एकाएक चर्चित बनेकी तरकारीवाली (कुसुम श्रेष्ठ) को दैनिकी तीन दिनयता फेरिएको छ । गोरखा भुम्लिचोक-८ की कुसुम तीन दिन अघिसम्म बिहान उठेदेखि रातिअबेरसम्म घरमा आमाबुबालाई काममा सघाइरहेकी हुन्थिन् । तर अहिले घरको काममा त्यति धेरै समय दिन पाएकी छैनन् उनले । फोन रिसिभ गर्न, बधाइ लिन र पत्रकारलाई अन्तर्वार्ता दिनमै व्यस्त छिन् उनी। भन्छिन्, 'दिनकै २ सय भन्दा बढी फोन रिसिभ गर्नु परेको छ । बोल्दा बोल्दै व्याट्री सक्किन्छ, अनिमात्रै फुर्सद पाइन्छ ।'

फोटो भाइरल बनेपछि उनलाई फोनको घण्टी बजेको बज्यै छ । शुक्रबार चितवनको फिस्लिङबाट गोरखा भुम्लिचोक जाँदै गर्दा उनले भनिन्, 'अहिले सामान्य लाग्न थालेको छ । मानिसहरुले फोन गरेको गर्‍यै छन् । बधाइ दिएका छन् । पत्रकार पनि भेटुम भनिरहेका छन् ।'

हेल्लो तरकारीवाली बोल्या हो ?, बधाइ छ है, म पत्रकार कुराकानी गर्नुछ, फिल्म खेल्ने हो, मोडलिङमा रुची छ कि छैन? यस्ता अनेकन प्रश्न गर्दै फोन आउने उनले सुनाइन् । त्यति धेरै खुलेर नबोल्ने स्वभावकी उनी बोल्दा नर्भस जस्तै देखिन्थिन् ।

सुरुमा फोटो भाइरल बनेको कुरा उनलाई पत्तै थिएन । १५ गते गोरखा घ्याल्चोकमा पढ्दाकी साथी अन्जु रेग्मीले फोन गरेर उनको फोटो भाइरल भएको कुरा सुनाइन् । उनी भन्छिन्, 'एकछिन म अचम्ममा परेँ । डर लाग्यो । अब के हुनेहो भन्ने चिन्ता लागिरह्यो ।'

४० वर्षीय चन्द्रलाल र ३८ वर्षीया ज्ञानु श्रेष्ठकी एक्ली छोरी हुन् उनी । सामान्य किसान परिवारकी उनी दसैंतिहारको कलेज बिदामा घर आएकी थिइन् । त्यहीबेला घरकी एक्ली सन्तान कुसुमले सदाका झैं बाबुआमालाई बारीबाट तरकारी टिपेर बेच्न फिस्लिङ ल्याउन सहयोग गरेकी थिइन् । उनी भन्छिन्, 'फिस्लिङ पारीसम्म गाडीमा तरकारी ल्याएपछि फिस्लिङ पुर्‍याउन क्रेटमा बोकेको थिएँ । त्यो बेला फोटो खिचेको याद पनि थिएन । बेलाबेलामा यस्तो फोटो खिचिरहेका हुन्थे । यादै भएन । तर यो त भाइरल पो बनेछ ।

उनले ज्ञानमार्ग उच्चमावि घ्याल्चोकबाट सि प्लस श्रेणीमा गत वर्ष एसएलसी पास गरेकी हुन् । एसएलसीपछि स्टाफ नर्स बन्ने रहर बोकेकी उनले पढाइ अलि कमजोर भएकोले त्यतातिर आँट नै गरिनन् । उनी भन्छिन्, 'म त्यतिधेरै जान्ने विद्यार्थी होइन । त्यसैले नर्सतिर लागिनँ ।' उनी अहिले चितवनको केष्ट मोडल कलेजमा कक्षा ११ मा कर्मश पढ्दै छिन् ।

-कान्तिपुर

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |