नेपाली रेस्लर तथा मोडल अस्मिता सुनार(जुरेली) भिडियो सहित

काठमाण्डौ | रेस्लर तथा मोडल अस्मिता सुनार(जुरेली) पछिल्लो समय मोडल भन्दा पनि नेपाली रेस्लर भनेर चिनिन्छिन । सुन्दर शरीरकी धनि अस्मिता ५ फिट ५ इन्च उचाई र ५५ किलोग्राम तौल छ । मिलेको शरीर अनि आकर्षक ब्यक्तित्वकी धनि झट्ट हेर्दा लाग्दैन अस्मिता सुनार कुनै रेस्लर हुन । उनको शालीनता र मिलनसार स्वभाबले लाग्दैन ऊनि रेस्लर हुन तर रेस्लिङ रिङमा उनको स्वभाव फरक छ ।

अभिनय, नृत्यमा पोख्त अस्मिता मोडलिङमा पनि चिर परिचित नाम हो । दर्जनभन्दा बढी म्यूजिक भिडियोहरुमा उनको कुशल अभिनय देख्न पाइन्छ । नेपाली चलचित्र भुलभुलैयामा उनी खलनायिका पनि बनिन त्यस पछि २०७० सालमा नेपालको पहिलो महिला रेस्लर भगवती खड्कासँग उनको भेट भए पछि बाटो बदलियो। अनि, भरतबहादुर विसुराल "हिमालयन टाइगर" सँग रेस्लिङ–कला सिकिन र अस्मिताबाट "जुरेली" बनिन् । ब्यबसायिक रुपमा ऊनि मोडलिङ र रेस्लिङ पेशालाइ एकै पटक लिएर जाने सोच बनाएकी अस्मिता जुरेलीलाइ चलचित्र र म्यूजिक भिडियोहरुको पनि अफर भने आइरहेको छ ।

पछिल्लो समय नेपालमा पनि अनि नेपाली रेस्लर र रेस्लिङ खेललाइ मन पराउने र माया गर्ने हरुको संख्या बढ्दो छ । नेपालमा भईरहेको बिभिन्न रेस्लिङ खेलहरुमा अस्मिता जुरेलीको सहभागिता रहँदै आएको छ । तीन वर्षयता दर्जनौं पटक रिङमा उत्रिएकी उनी अब रेस्लिङमै करियर बनाउन चाहन्छिन् भने मोडलिङलाइ पनि तर यसका लागि सहज भने छैन कडा मेहनत र परिश्रमको जरुरत छ । विश्व जगतमा रेस्लिङलाइ मन पराउने धेरै भए पनि नेपालमा भने ब्यबसायिकरुपमा भने खासै उपलब्धि हुन नसकेको कुरा पनि ऊनि बताउछिन । नेपालमा टेलिभिजनमा रेस्लिङ हेर्ने दर्शक बढे पनि प्रतियोगिता भने कमै हुन्छ। त्यसमाथि पनि महिलाको सहभागिता न्यून छ । अहिले सम्म नेपालमा हुने प्रतियोगिता छुटाएकी छैन र भविष्यमा अन्तर्राष्ट्रियस्तरमा खेल्ने रहर भएको बताउछिन ।

रेस्लिङ खेल हो या मनोरञ्जन? धेरै झै अस्मितालाई पनि द्विविधा थियो । तर, खेल्न थालेपछि मात्र उनले भित्री कुरो बुझिन् । “यो ७० प्रतिशत वास्तविक र बाँकी नाटक हो”, उनी भन्छिन्। उनका अनुसार, रेस्लिङलाई रोमाञ्चक बनाउन रेस्लरहरू रिहर्सल समेत गर्छन् ।

मोडलिङ सजिलो कि रेस्लिङ? अस्मितालाई धेरैले गर्ने प्रश्न हो यो। तर, उनका लागि रेस्लिङ सजिलो/अप्ठेरो भन्दा पर चुनौती हो । “जीउ दुखेर हैरान हुन्छ”उनी भन्छिन्, “त्यसैले खेल अघि–पछि नियमित व्यायाम र अभ्यास जरुरी हुन्छ । अस्मिता जुरेली भविष्यमा ब्यबसायिक रेस्लरको साथै एक कुशल मोडल तथा अभिनेत्री बन्न चाहन्छिन । रासस

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |