रेखा शाहसँग नायक आयुष्मानको ‘तिमी बिना…’ (भिडियो सहित)
गौरीगन्ज |
गायिका रेखा शाह र बलिउडका प्रसिद्ध गायक तथा संगीतकार गौरव डोगाउँकरको स्वरमा गीत ‘तिमी बिना…’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । म्युजिक भिडियोलाई गायिका शाहले आइतबार राजधानीमा एक कार्यक्रम गर्दै सार्बजनिक गरेकी हुन । मुम्बइको एसराज स्टडियोमा एरेञ्ज तथा रेकर्ड गरिएको उक्त गीतमा कमल खत्रीको संगीत छ भने गीतको रचना गीतकार भूपेन्द्र खड्काले गरेका हुन ।
यस गीताको म्युजिक भिडियोको निर्देशन नितिनकुमार चन्दले निर्देशन गरेका हुन् । भिडियोमा अभिनेता आयुष्मान देशराज जोशीसंगै गायिका रेखा शाह आफैले अभिनय गरेकी छिन् ।
भिडियो हेर्नुहोस ।



