गौरीगंज दुर्गा मन्दिरमा मंसिर २३ गतेदेखि महापुराण शुरु हुने
गौरीगंज | झापाको गौरीगंज –७ बुधवारे बजार अवस्थित गौरीगंज दुर्गा मन्दिरमा मंसिर २३ गतेदेखि श्रीमद् देवी भागवत महापुराण धन–धान्याचल नवाह ज्ञान महायज्ञ हुने भएको छ ।
वि.सं. १९९० सालमा स्थापना भएको ऐतिहासिक तथा धार्मिक धरोहर श्री गौरीगंज दुर्गा मन्दिरको पुर्ननिर्माणका लागि हुने उत्त महायज्ञ पुराण पुष १ गते सम्म हुने पुराण आयोजक समितिका अध्यक्ष विश्वराज रिजालले बताए । जुरोपानी निवासी स्व. टिकालाल ताजपुरियाको अगुवाईमा स्थापना भएको मन्दिरको महायज्ञमा युवा पण्डित श्री आचार्य आशुतोष खनालले कथा वाचनका साथै कलाकारहरुद्वारा संगीतमय भजन किर्तन तथा झा“की हुने जनाइएको छ । महायज्ञमा रु १०० देखि ९९९ सम्म दिने दातालाई नाम वाचन, रु १००० देखि ४९९९ सम्म दिनेलाई खादासहित सम्मान पत्र, ५००० देखि ९९९९ सम्म दिने दातालाई दोसल्लाहसहित सम्मान, १०,००० देखि २४,९९९ सम्म दिने दातालाई फूल माला र सम्पूर्ण सम्मान, फ्रेमिङ्गसहित सम्मान पत्र, २५,००० देखि ४८,९९९ सम्म दिने दातालाई आजीवन सदस्यतासहित शिलालेखमा नाम अभिलेख गर्ने, ५०,००० देखि ९९,९९९ सम्म दिने दातालाई मानार्थ सदस्यता सहित शिलालेखमा नाम अभिलेख गर्ने, १,००००० देखि २,४९,९९९ सम्म दिने दातालाई संरक्षक सदस्यतासहित इच्छाएको १ जनालाई दोसल्लाह र वाजागाजासहित नगर परिक्रमा र शिलालेखमा अभिलेख राख्ने, २,५०,००० देखि ४,९९,९९९ सम्म दिने दातालाई इच्छाएको ४ जनाको नाम शिलालेखमा अभिलेख राख्ने र ५,००००० भन्दा माथि दिने दातालाई अभिलेख राख्नुका साथै विशेष उपहार दिइने पुराण आयोजक समितिले जानकारी दिएको छ । नवौं दिनसम्म हुने पुराणमा १ करोड ५० लाख रुपैया“ भन्दा वदी संकलन गरिने लक्ष्य रहेको मंगलवार गौरीगंज दुर्गा मन्दिर परिसर आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । संकलित रकमबाट मन्दिरको पुर्ननिर्माणका साथै सिंगमर्मरको मुर्ति समेत राखिने पुरान संचार समितिका संयोजक निरज अग्रवालले जानकारी गराएको छ । साभार: आत्माराम राजबंशी फेसबूकबाट



