जामुनखाडी पूर्वकै आर्कषक पर्यटकीय गन्तव्य बन्दै

गौरीगन्ज | झापा जिल्लाको कन्काई नगर पालिकाको राजमार्गदेखि उत्तरमा अवस्थित जामुनखाडी सिमसार क्षेत्र अहिले पूर्वकै आर्कषक पर्यटकीय गन्तव्य स्थल बनेको छ। लोपोन्मुख वन्यजन्तुहरू यहाँका प्रमुख आकर्षण हुन । २०५२ सालमा स्थापना भएको ३४ हेक्टर क्षेत्रफलको जामुनबारी सामुदायिक वनअन्तर्गत ४ सय हेक्टर क्षेत्र ओगटेको यस सिमसारलाई पर्यटकीय गन्तव्य बनाउने सोच २०६५ सालमा ल्याइएको हो।

जामुनखाडी सिमसार क्षेत्रमा पन्ध्र प्रजातिका वन्यजन्तुहरू संरक्षण गरेर राखिएको छ भने चार वटा पोखरीमा सञ्चालित पन्ध्र वटा डुंगा पर्यटकले शयर गर्नसक्ने व्यवस्था मिलाइएको छ । पोखरीमा रहेको झोलुंगे पुलमा बसेर यहाँको दृश्यावलोकन गर्नुको छुट्टै आनन्द छ साथै बालबालिकाका लागि छुट्टै उद्यान समेत बनाइएको छ ।

यस ठाउँमा वनभोज र विशेषगरी पर्यटकहरू प्राकृतिक दृश्यावलोकनका लागि आउनुको साथै विद्यार्थीहरू चुरे पहाडको फेदीमा रहेको यहाँको भौगोलिक विविधता, वन्यजन्तुका बारेमा अध्ययन गर्न आउने गर्छन ।

तस्विर : अनलाईनबाट साभार

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |