दुबईबाट आएको ३३ किलो सुन सीआईबीद्वारा बरामद (भिडियोसहित)
काठमाडौं |
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौंको गौशाला नजिकैपर्ने पिंगलास्थानबाट ३३ किलाे अवैध सुन बरामद गरेको छ । एसपी मिरा चौधरीको नेतृत्वमा खटिएको प्रहरी टोलीले ट्याक्सीबाट सो सुन बरामद गरेको हो । प्रहरीले सुनसहित दिलबन्धु थापा, सन्तोष काफ्ले र गोपाल बहादुर शाहीलाई पक्राउ गरेको छ ।
दुबईबाट एयर अरेबियाकाे विमानमार्फत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै पिंगलास्थानसम्म पुर्याइएको सुन सिआईबीले सुराकीको आधारमा पक्राउ गरेको हो ।
बरामद सुन महानगरीय प्रहरी बृत्त गौशालामा लगेर खाेलेर हेर्दा प्रहरीले विस्कुट आकारको सुन २८२ पिस, रेडीमेड औंठी १९ ओटा र सिक्रि १८ ओटा फेला पारेको थियाे ।
एसपी चौधरीले ट्याक्सीभित्र दुई ओटा सुटेशमा सुन फेला पारिएको बताइन् ।
सीआईबीका प्रमुख नवराज सिलवालले बाहिरबाटै आएको सूचनाको आधारमा आफूहरु सुन समात्न सफल भएको बताए ।
भिडियो हेर्नुहोस ।
-रातोपाटी