सबै प्रेम प्रस्ताव स्विकार्नु पर्छ भन्ने केहि छैन - स्मृति ओली

गौरीगन्ज | झापा विर्तामोडकी स्मृति ओली कला क्षेत्रमा भविष्य बनाउन सक्रिय छिन् । झण्डै तिन वर्षदेखी कला क्षेत्रमा समर्पित भएकी स्मृतिले यहाँ सम्म आईपुग्दा तिन वटा नेपाली चलचित्र र एउटा म्युजिक भिडीयोमा अभिनय गरिसकेकी छिन् । नेपाली चलचित्र ‘सो सिम्पल’ मा वालकलाकारको भुमिका निभाएकी स्मृतिले चलचित्र ‘त्यो दिन’मा नायिकाको रुपमा डेब्यु समेत गरिन् । ‘कला क्षेत्रमा लाग्ने मेरो सानैदेखीको रहरलाई ‘करियर’ बनाउने इच्छा छ,स्मृति भन्छिन्,पारिवारिक सपोर्ट राम्रो भएकोले पनि थप उत्साह जागेको छ । अव यो यात्रा निरन्तर अघि बढिरहने छ । २०६८ सालमा टीभि फिल्मीबाट प्रसारित को बन्छ कलाकारको उपाधि चुमेकी स्मृतिको स्वीमिङ र अध्ययन गर्नु अर्को शौखको रुपमा लिन्छिन् । ५ फिट ३ इन्च उचाइ कि स्मृति निकै फराइसिलि र रमाइलि छिन । झापाको गौरिगँजमा जारि महोत्सबमा उनले महिला हिन्सा सँवन्धी एकल नाटक पनि प्रस्तुत गरिन । प्रस्तुत छ । सँचारकर्मी मदन राजबँशी मनप्रीतले स्मृति सँग गरेको रमाइलो कुराकानीको सँपादित अँश ।

प्र• तपाइ महोत्सबहरुमा कतिको जानु हुन्छ ।
# जान्छु । यस्ता कार्यक्रमहरुमा आफ्नो कला र समाज प्रतिको डेलिगेसन प्रमोट र प्रस्तुति गर्छु ।
प्र• तपाइले महिला हिन्सा सँवन्धी एकल नाटक प्रस्तुत गर्नु भयो । तर रियल लाइफमा महिला हिन्सा अन्त्य गर्न के गर्नु पर्छ जस्तो लाग्छ ?
# पहिला त गाउ स्तरदेखि लिएर महिलाहरु एक जुट हुनु पर्छ । उनिहरुलाइ एजुकेटेड बनाउनु पर्छ । यस्ता एक्सीडेन्टहरुका बारेमा उनिहरुलाइ सचेत बनाउनु पर्छ । समाज शिक्षित भयो भने महिला हिन्सा आफै घटेर जान्छ ।
प्र• तपाइ कुनै महिलाअधिकार सँबन्धी सँस्थामा अाबद्ध हुनु हुन्छ ?
# छैन ।
प्र • कुनै सँस्थामा आबद्ध हुन प्रस्ताब आको होला नि ?
# मलाइ महिला अधिकारको क्षेत्र मा काम गर्न एक दमै इन्ट्रेस्ट छ । तर अहिलेसम्म कुनै त्यस्तो प्रस्ताब आएको छैन ।
प्र • यदि कुनै सँस्थाले तपाइलाइ महिला अधिकार वा हिन्सा सँवन्धि कुनै परियोजनामा काम गर्ने अबसर दियो भने तपाइको रोजाइमा नेपालको कस्तो भुभाग पर्न सक्छ ?
# मेन भनेको भारतिय सीमा क्षेत्र हरुबाट महिला बेचबिखन कार्य हुने गरेको छ । त्यस्ता बोर्डर एरियाहरुमा गएर महिलाहरुलाइ यस सँवन्धि शिक्षा प्रदान गरेर उनिहरुलाइ उद्दार गर्ने काममा खटिने रहर छ ।
प्र • तपाइ राम्री हुनुहुन्छ । प्रेम प्रस्ताब कतिको आउने गरेको छ ?
# त्यस्ता सबै प्रेम प्रस्ताव स्विकार्नु पर्छ भन्ने केहि छैन ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |