युएइमा त्रिकोणत्मक प्रेमको शिकार लिला लामिछाने (भिडियो सहित)
गौरीगन्ज | युएईमा कार्यरत मोडेल लीला लामिछाने दुवारा अभिनित “हाम्रो माया” बोलको म्युजिक भिडियो हाईलाईट नेपालले आफ्नो युटुबमार्फत सार्वजनिक गरेको छ l
यस म्युजिक भिडियोमा बैदेशिक रोजगारमा विदेश पुगेर नेपालीमाझ हुदै आएको त्रिकोणत्मक प्रेम, अबैधानिक विवाह र धोकालाई निर्देशकले यथार्थमा उतार्न प्रयास गरेका छन् भने, यस गीतमा अभिनयमा लीला लामिछानेलाई प्रबिन र संझनाले साथ् दिएका छन्
सार्वजनिक "हाम्रो माया" बोलको गीतमा चर्चित गायिका नित्यशिवाले स्वर भरेका छन् । शब्द तथा संगीत केदार मल्लको छ ।
युएईको रमणिय स्थलहरुमा छायांकन गरिएको उक्त भिडियोलाई दुबईमा बसेर केहि सर्ट मुभी र दुई दर्जन भन्दा माथि म्युजिक भिडियो निर्देशन गरि सकेका ब्यस्त निर्देशक केशब कटुवालले यो भिडियो निर्देशन गरेका हुन् भने राम गुरुंङ् र मार्क सुब्वाले खिचेका हुन् ।
भिडियो हेर्नुहोस ।



