कसैले वास्ता नगरे पछि मन्दिर निर्माणमा जुटे नगेन्द्र

गौरीगन्ज | २०७४, सावन ६ गते बाट एक्लै मन्दिर बनाउने उदेश्य लिएर अगाडि बढेका गौरीगँज १, महाभाराका स्थानीय व्यापारी नगेन्द्र कुवर २०५२ सालमा आफ्नै बुबा गोविन्द बहादुर कुवरले मन्दिरको नाममा दिएको जग्गामा यहि तिज भित्रै मन्दिर निर्मण गर्छु भनि अगाडी बढेका छन् । उनलाई सहयोग आर्थिकरुपले विदेशमा रहनु भएका दाजुभाई लगायत छरछिमेकबाट भएको कुरा जानकारी दिदै उनी भन्छन तिज अगाडी एउटा कार्यक्रम गरी सम्पूर्ण हिसाब किताब सार्वजनिक गर्ने बताए ।

मन्दिर निर्माणमा सहयोग गर्ने सम्पूर्ण दाताहरुको नाम मन्दिरको भित्तामा लेखिने जानकारी आएको छ अपूर्ण बनाई छाडेको मन्दिरमा शिव र दुर्गा भवानीको पुजा, आरधना हुने साथै सोही कार्यक्रम मै मन्दिर व्यवस्थापन समितिलाई सम्पूर्ण काम-कर्तव्य र आयव्ययको विवरणको अधिकार हस्तान्तरण गर्ने बताउछन ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |