मुस्लिमको हातवाट पानी पिएर श्रेष्ठले दिए एकताको सन्देश
मदन राजवँशी मनप्रीत, २१ असार झापा । गौरीगँज गाउपालिकाका नव निर्वाचित गापा प्रमुख वावुराजा श्रेष्ठले विजयी घोषणा भएको पहिलो दिनै मुस्लिम समुदायको गाउ पुगि उनिहरुको हातवाट पानी पिएर एकता को सन्देस दिएका छन् । उनि राप्रपाका नेता भएका कारण उनलाई हिन्दुवादको आरोप लाग्ने गरेको छ । उनले सो आरोपको खण्डन गर्दै आफुलाई हिन्दु मुस्लिम र ईशाई लगायत सवै धर्मालम्वी जनताले भोट दिएर जिताएको र आफ्नो लागि सवै गौरीगँजवासी वरावर रहेको प्रतिकृया दिएका छन् । सवैको माया र साथले आफु विजयी भएको जिकिर गर्दै उनले विकासका कुरामा कुनैपनि जात र धर्मलाई कुनैपनि हालतमा भेदभाव नगर्ने कुरा खबर गौरीगँजलाई वताएका छन् ।
जितको घोषणा भएसँगै विजय र्यालीका साथ खजुरगीछीको मुस्लीम वस्ती कञ्चिरा पुगेका उनलाई त्यहाका मुस्लिम समुदायले मुसलमान टोपि लगाई दिएर भव्य स्वागत गरेका थिए ।



