स्थानिय निर्बाचन र परिबर्तित चेतनशिलता

गौरीगन्ज | हालै सम्पन्न स्थानिय निर्बाचन दोस्रो चरणको समाप्ती सङ सङै नगरपालिका र गाउपालिकाका चोक चोकमा चुनाब सम्बन्धी राजनितिक समिक्षा हुनु स्वाभाभिक हो । बिचारमा बिचार मिसाउनुपर्छ भन्ने धारणाको म एक हालसम्म कुनैपनि राजनितिक पार्ट्रीको साधारण सदस्य समेत नलिएतापनी एक राजनितिक मतदाताको हैसियतले कुनै एक जिम्मेवार पार्ट्रीलाइ मैले सकेसम्मको सहयोग र समर्थन गरेको अवस्था सर्ब स्विकार्य छ ।

कुनै एक प्रतिनिधीले जित्दै गर्दा अर्को प्रखर प्रतिनिधीले हार्नुपर्ने यो खेलको परिणाम जस्तै WIN AND lOOSE को नियती हो । यस सर्बस्विकार्य अवस्थामा एकले खुसिहुने र अर्कोले निरासहुने कारण देख्दिन म !

मेरो ब्यक्तिगत समिक्षा अनुरुप ऐलेको पिढी हामिले सोचेअनुरुप रहेनछ । प्रत्येक घरमारहेका हरेक सदस्यले राजनितिक बिचारभन्दा असलब्यक्ती सर्बस्विकार्य हुन्छभन्ने उदाहरणको एक असल प्रमाणहो यो । चुनाबी माहोल, चुनाब प्रचार प्रसारका क्रममा बिगत भन्दा ऐले धेरै फरक बाताबरण देखिएको अवस्था पनि अर्को दर्बिलो उदाहरणहो । कुनै एक घरमा दुई या तीन पार्टीका झन्डा र flex हरु राखिएको अवस्था पनि अत्याधिकमात्रामा देखियो ।पहिलाको जस्तो हामिले प्रत्येक घरका मतदाता हिसाब गरेर त्यो हाम्रो पार्टीको मतदाताहो त्यो फलाना पार्ट्रीकोहो भन्ने उदाहरण अफाफसिद्ध भएको अवस्था हो ।

यसरी हरेक घरमा भिन्न भिन्न बिचार र मिश्रित मतदाता हुनु पनि ऐलेको आकलन फेल खानुको दर्बिलो उदाहरण होला !, आखिर जे भएपनी हाम्रो चाहना अनुरुप एक निकायमा मिस्रीत जनप्रतिनिधि हुनुपर्दछ , कुनै निकाय एक पार्टीको झुन्ड नबनोस , CHECK AND BALANCE को जनप्रतिनिधी आउन भन्ने मेरो ब्यक्तिगतधारणा पूराभएकोमा हामी सबैलाई सुभ -कामना ।

अन्त्यमा ;

नब निर्बाचित सम्पुर्ण जनप्रतिनिधि हरुलाइ एकमुस्ट हार्दिक बधाइ तथा सफल कार्यकालको सुभ कामना ।

युबराज रेग्मि

नगरपालिका रोड ,क्याम्पस मोड

गौरादह नगरपालिका २ झापा

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |